नियम २४
उपदान कोष
: (१) नियम २३ बमोजिम कामदार वा कर्मचारीले प्राप्त गर्ने उपदान रकम जम्मा गर्ने प्रयोजनको निमित्त प्रत्येक चियाबगानले एउटा अलग उपदान कोष खडा गर्नु पर्नेछ ।
(२) प्रत्येक कामदार वा कर्मचारीले पाउने उपदानको रकम स्पष्ट देखिने गरी चियाबगानले छुट्टा छुट्टै हिसाब राख्नु पर्नेछ ।
(३) नियम २३ को उपनियम (३) बमोजिम कामदार वा कर्मचारीलाई दिनु पर्ने उपदानको रकम समेत चियाबगानले उपनियम (१) बमोजिम खडा भएको उपदान कोषमा जम्मा गर्नु पर्नेछ ।